सुन तोलामा १७ सय बढ्यो, पुग्यो कति ?

बुधबार बैशाख २४, २०८२/ Wednesday 05-07-25
Paschim Today

काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि बढ्न थालेको छ । सोमबार तोलामा ५ सय, मंगलबार ५ हजार ३ सय बढेको सुन आज बुधबार थप १ हजार ७ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १ हजार ७ सयले बढेर तोलाको १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

 

हिजो मंगलबार तोलाको १ लाख ८९ हजार ९ सय रुपैयाँ थियो भने सोमबार १ लाख ८४ हजार ६ सय रुपैयाँ थियो । आइतबार १ लाख ८४ हजार १ सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने बुधबार स्थिर छ । हिजो र आज चाँदी तोलाको १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।