धनगढीका ३ जना युवक लागूऔषधसहित पक्राउ
सोमबार बैशाख २९, २०८२/ Monday 05-12-25
Paschim Today

धनगढीः कैलालीको धनगढीका ३ जना युवक लागूऔषधसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकबाट धनगढी उपमहानगरपालिका–४ बस्ने २० वर्षीय अर्जुन चौधरी, १९ वर्षीय सुरज चौधरी र २२ वर्षीय विनय चौधरी पक्राउ परेका हुन्। तीनै जनालाई ९६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
तपाईको प्रतिक्रिया