चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी

सोमबार बैशाख २९, २०८२/ Monday 05-12-25
Paschim Today

धनगढी : चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–४ रातोपुलमा चार्जिङमा राखिएको सुदूरपश्चिम प्रदेश ०१–००१ प ४९३६ नम्बरको स्कुटरमा आगो लागेको हो।

धनगढीको शुक्ला पुस्तक भण्डारका सञ्चालक दीपककुमार शुक्लाले चार्जिङमा राखेको स्कुटर सोमवार जलेन नष्ट भएको छ। उनले तीन वर्ष अगाडि २ लाख २० हजारमा उक्त स्कुटर खरिद गरेको बताएका छन्।