लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ

मंगलबार बैशाख ३०, २०८२/ Tuesday 05-13-25
Paschim Today

धनगढीः लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ परेका छन्।

कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएपछि फरार रहेका टीकापुर नगरपालिका-३ कटानपुर बस्ने २१ वर्षीय बिक्रम ओड पक्राउ परेका हुन्। ओडलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको हो।