नेप्सेमा १४.२४ अंकको गिरावट

मंगलबार बैशाख ३०, २०८२/ Tuesday 05-13-25
Paschim Today

काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक १४.२४ अंकले घटेर २६३४.२३ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा कारोबार भएका ७७ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन ३१४ कम्पनीको २ करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६३ करोड माथिको सेयर कारोबार भएको छ । 

यसदिन सबैभन्दा धेरै युनिभर्सल पावरको ६७ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि ङादी ग्रुप पावरको ५२ करोड ९० लाख रुपैयाँ र नेपाल माइक्रो इनस्योरेन्सको ५१ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै कमाउनेमा क्रेष्ट माइक्रो लाइफ र ओम मेगाश्रीका लगानीकर्ता छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.९३ प्रतिशतका दरले गुमाएका छन् ।