कञ्चनुरमा महेन्द्र राजमार्ग अवरुद्ध

बुधबार जेठ १, २०८२/ Wednesday 05-14-25
Paschim Today

धनगढी : कञ्चनपुरमा महेन्द्र राजमार्ग बन्द गरिएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–२ वंकमा ठायर बालेर सडक अवरुद्ध पारिएको हो।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले बुधवार दिउँसो पौने ३ बजेबाट राजमार्ग अवरुद्ध भएको बताएको छ। कृष्णपुर नगरपालिका–२ वंक चौकस्थित महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६८३ नम्बरको बोलेरो जिपले सोही ठाउँका ५० वर्षीय महेन्द्र बिष्टलाई मङ्गलवार ठक्कर दिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएपछि परिवारका सदस्यहरू तथा आफन्तहरूले राजमार्ग बन्द गरेका हुन्।

बझाङको छबिस पाथिभेरा गाउँपालिका–२ का २१ वर्षीय चालक रवि रोकायालाई जिपसहित प्रहरीले नियन्त्रणमा लिएको थियो।