आईपीएलमा आज आरसीबी र हैदराबाद भिड्दै

शुक्रबार जेठ १०, २०८२/ Friday 05-23-25
Paschim Today

काठमाडौं : आईपीएलको लिग चरण अब अन्तिम चरणमा छ। प्लेअफका चार टोलीको टुंगो लागेको छ। 

गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलोर, पञ्जाब किंग्स र मुम्बई इन्डियन्स प्लेअफमा छनोट भइसकेका छन्। अब शीर्ष दुई स्थानको लागि लडाइँ छ। शुक्रबार, बेंगलुरुले अटल बिहारी वाजपेयी अन्तर्राष्ट्रिय एकाना रंगशालामा सनराइजर्स हैदराबादको सामना गर्दैछ।  

यो खेल एसआरएचको लागि महत्त्वपूर्ण नहुन सक्छ, तर आरसीबीको लागि क्वालिफायर–१ मा पुग्नु धेरै महत्त्वपूर्ण छ।

बैंगलोरले यो खेल जुनसुकै हालतमा जित्न चाहन्छ। उसले मे २७ मा लखनउविरुद्धको आफ्नो जितको सिलसिलालाई निरन्तरता दिन र   लिग चरणको अन्त्य गर्न आजको खेलमा जित चाहेको छ। अबका दुई खेल जित्न सकेमा आरसीबी अंक तालिकाको शीर्ष दुईमा पुग्न सक्छ। जसले गर्दा प्लेअफको लागि पहिलो क्वालिफायर हारे पनि एलिमिनेटरमा टोलीलाई फाइदा पुग्नेछ।

आरसीबी १७ वर्षदेखि आफ्नो पहिलो आईपीएल उपाधिको पर्खाइमा छ। आरसीबी २०१६ सिजनमा उपविजेता बनेको थियो तर त्यसयता शीर्ष दुईमा पुग्न सकेको छैन। गुजरात जस्तै, आरसीबीले पनि आफ्ना अन्तिम दुई खेल कमजोर टोलीहरूविरुद्ध खेल्नु पर्नेछ।आरसीबीले हाल १२ खेलमा आठ जितसहित १७ अंक बनाएको छ। 

नयाँ कप्तान रजत पाटीदारको नेतृत्वमा बेंगलुरुले उत्कृष्ट प्रदर्शन गरेको छ। टोलीको नेट रन रेट पनि राम्रो छ। यदि आरसीबीले दुवै खेल जित्यो भने शीर्ष दुईमा उसको स्थान लगभग पक्का हुनेछ।

यद्यपि, आरसीबीले पञ्जाब किंग्ससँग प्रतिस्पर्धाको सामना गर्न सक्छन्। यदि पञ्जाबले पनि आफ्ना दुवै खेल जित्यो भने यो नेट रनरेटको कुरा हुनेछ र यस्तो अवस्थामा राम्रो रनरेट भएको टोली अन्तिम दुई स्थानमा रहनेछन्।