महिला र पुरुष फुटबल टोली एसियन कप छनोटको तयारीमा
शुक्रबार जेठ १०, २०८२/ Friday 05-23-25
Paschim Today

काठमाडौं । नेपालको महिला र पुरुष दुवै फुटबल टोली अहिले एएफसी एसियन कप छनोटको तयारीमा लागिपरेका छन् । दुवै टोलीले एसियन कपका लागि अन्तिम चरणको छनोट खेल्नेछन् ।
पुरुष टोलीले मलेसियासँग खेल्दै एसियन कपको लागि अन्तिम चरणको छनोट यात्रा सुरु गरिरसकेको छ र अब समूहको दोस्रो खेलमा लाओससँग उसैको मैदानमा खेल्ने तालिका छ । महिलातर्फ भने यस पटक सिधै अन्तिम चरणको छनोट प्रतियोगिता हुन लागेको हो ।
पछिल्लो समयम नेपाली महिला फुटबलले राम्रो प्रदर्शन गरेकोले धेरै चर्चा पनि पाइरहेको छ । त्यसैले महिला टिमले चाँडै एसिया कप खेल्ने सम्भावना रहेको फुटबल जानकारहरु बताउँछन् ।
तपाईको प्रतिक्रिया