हेल्मेटको भन्सार बढ्यो
शुक्रबार जेठ १७, २०८२/ Friday 05-30-25
Paschim Today

काठमाडौं । मोटरसाइकल, स्कुटर प्रयोगकर्ता वा निर्माण क्षेत्रमा काम गर्ने जनशक्तिले प्रयोग गर्ने हेल्मेटमा लाग्दै आएको भन्सार बढेको छ । यसअघि हेल्मेटमा १५ प्रतिशत भन्सार लाग्दै आएकोमा अब २० प्रतिशत लाग्ने आर्थिक विधेयकमा उल्लेख छ ।
तर, पर्यटन विभागको सिफारिसमा जलयात्राको व्यवसाय गर्ने राफ्टिङ सेवा सञ्चालन गर्ने व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनका लागि १ सय थान यस्तो हेल्मेट पहिलोपटक आयात गर्दा भने ५ प्रतिशत मात्रै भन्सार महसुल लिने व्यवस्था पनि आर्थिक विधेयकमा गरिएको छ ।
चालू आर्थिक वर्षको १० महिनामा ६७ करोड ३९ लाख रुपैयाँका हेल्मेट आयात भएको छ । यस अवधिमा ६१ लाख ९१ हजार थान हेल्मेट आयात भएको भन्सार विभागको तथ्यांक छ । त्यसमध्ये ४५ लाख ५५ हजार हेल्मेट भारतबाट आयात भएका हुन् ।
तपाईको प्रतिक्रिया