कैलाली र कञ्चनपुरबाट २ लाखको अवैध सामान बरामद
शनिबार जेठ १८, २०८२/ Saturday 05-31-25
Paschim Today

धनगढी : प्रहरीले कैलाली र कञ्चनपुरबाट २ लाखको भन्सार छलीको सामान बरामद गरेको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–१८ नक्लीपुर, भजनी नगरपालिका–९ भुरुवाबाट एक लाख पाँच हजार चार सयको अवैध सामान बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय, कैलाली मातहतको प्रहरी टोलीले भारतबाट तस्करी गरेर ल्याइएका अवैध सामान बरामद गरेको छ।
यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट एक लाख चार हजार तीन सय मूल्यको भन्सार छलीको सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले शुक्रवार अवैध सामान बरामद गरेको हो।
तपाईको प्रतिक्रिया