धनगढीमा गाँजासहित एक जना पक्राउ

शनिबार जेठ १८, २०८२/ Saturday 05-31-25
Paschim Today

धनगढी : कैलालीको धनगढीमा गाँजासहित एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ भन्सार क्षेत्रबाट तीन ग्राम गाँजा, २७ ट्याब्लेट स्पास र११ ट्याब्लेट नाईट्राभेटसहित २४ वर्षीय सन्तोष विक पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–७ का २४ वर्षीय विकलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय, कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ।