पाकिस्तानमा टिकटक स्टारको गोली हानी हत्या

काठमाडौं – पाकिस्तानमा टिकटक स्टारको हत्या भएको पछिल्लो घटना सार्वजनिक भएको छ । पाकिस्तानको राजधानी इस्लामाबादकी १७ वर्षीय टिकटक स्टार सना युसुफको गोली हानी हत्या भएको घटना स्थानीय प्रशासनमा दर्ता गरिएको छ ।
घटनाअनुसार सोमबार साँझ एक अज्ञात व्यक्तिले घरभित्र पसेर सनामाथि गोली प्रहार गरेको थियो । इस्लामाबादस्थित संबल प्रहरी थाना दर्ता भएको जाहेरीमा सनाकी आमाले आफ्नी छोरीमाथि दुई गोली प्रहार भएको उल्लेख गरेकी छन् ।
‘अज्ञात व्यक्ति सिँढीबाट तल भाग्यो, हामीले हारगुहार गर्न थालेपछि छिमेकी भेला भए । छिमेकीको गाडीमा छोरीलाई बसाएर अस्पताल लग्यौं तर मेरी छोरीले त्यस अघि नै संसार छोडिसेककी थिई ।’ सनाकी आमाले दर्ता गराएको जाहेरीमा उल्लेख छ । उनले जाहेरीमा श्रीमान् घरमा नभएको, उनी, उनका देवर र छोरी सना मात्र घरमा भएको उल्लेख गरेकी छन् ।
बिबिसीले अनुसार घटनाको अवस्था बुझ्न सनाको परिवारसँग सम्पर्क गरे पनि प्रतिक्रिया प्राप्त नभएको जनाएको छ ।
तपाईको प्रतिक्रिया