डोटीमा जीप दुर्घटना हुँदा ९ जना घाइते

बुधबार जेठ २२, २०८२/ Wednesday 06-04-25
Paschim Today

डोटी। डोटीमा यात्रुबाहक बोलेरो जीप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ उडीतोलास्थित भित्री सडकमा जीप दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बगलेकबाट जिल्ला सदरमुकाम सिलगढी आउँदै गरेको लु.प्र. ०१ ००१ च. ०२४४ नम्बरको जीप बुधबार बिहान  दुर्घटना भएको हो । गाडीको ब्रेक फेल भएको बताइएको छ ।

दुर्घटनामा सायल गाउँपालिका–-४ भल्मा बस्ने  २५ वर्षकी पदमा बिष्ट, सायल गाउँपालिका-३ कचाली बस्ने  ६० वर्षकी हरु बयाडी, सोही ठाउँका  २१ वर्षका यदु बयाडी घाइते भएका छन्।

त्यस्तै, पूर्वीचौकी गाउँपालिका-२ ठाकरा बस्ने  ३५ वर्षका गोविन्द ओली, सोही ठाउँकी  ४० वर्षकी कुन्ती नेपाली,  ४० वर्षकी हर्कादेवी साउँद,  ४० वर्षकी कलु साँउद ,५० वर्षकी गोलमादेवी दमाई र  ३०वर्षका बाजी दमाई घाइते भएका छन्।

घाइतेहरूको उपचार जिल्ला अस्पताल सिलगढीमा भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दिपेन्द्रकुमार पालले जानकारी दिए।