सुनको मूल्य सामान्य बढ्यो
बिहीबार जेठ २३, २०८२/ Thursday 06-05-25
Paschim Today

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ । यससँगै बुधबार तोलामा २ हजार ७५ रुपैयाँ कायम भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कायम भएको छ ।
तपाईको प्रतिक्रिया