सगरमाथा आरोही शेर्पाको स्थायी मुकाम बन्दै कोलोराडो

दीर्घराज उपाध्याय, कोलोराडो,।
बुवा निमा छिरी शेर्पाको पद्चाप पछ्याउदै सगरमाथामा जीवनका पाँच दशक बिताएका दानुरु शेर्पाले सोचेका पनि थिएनन, सगरमाथाको काख छोडेर कुनै दिन सात समुन्द्र पारी अमेरिकालाई आफ्नो बाँच्ने आधार बनाउने छन् ।
पुरै जीवन हिमालको ओहोर दोहोर गरेर बिताएका उनका बुवा निमाले अन्तिम सास सगरमाथाको फेदमा फेरे ।
पहिलो सगरमाथा आरोही एडमण्ड हिलारीको भरिया रहेका उनका बुवा निमाले हिलारी पुत्र पिटर हिलारीसंग कञ्चनजंघा, आमादब्लाम, अन्नपूर्ण लगायत थुप्रै हिमाल आरोहण गरे ।
सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ फोर्चे गाउँका निमाका सात छोरा र एक छोरी थिए । दानरु तिनै मध्ये एक सन्तान हुन् ।
पहिलो पटक १९९३ मा पटक सगरमाथा आरोहण गरेका पानरुले अन्तिम पटक २०२१ मा आरोहण गरेका थिए । पानुरुले सन २०२१ मा गरेको आरोहण १६ औं थियो ।
पर्यटक भीसामा सन २०१२, १३ र १४ मा अमेरिका आएका दानुरुले त्यो बीचमा अमेरिकाको अलास्का हिमाल आरोहण गरे । र, प्रशिक्षण पनि दिए ।
२०२१ मा अमेरिका आएपछि भने उनी फर्केर नेपाल गएनन् । उनले साथीहरुको सल्लाहमा अमेरिकाको ग्रिन कार्ड लिए । र, अमेरिकामै बस्न थाले ।
पुरै जीवन सगरमाथा र हिमाल आरोहणमा विताउने प्रण गरेका पानुरु देशलाई चटक्कै छोडेर अमेरिका पहिलो सगरमाथा आरोही होईनन् । १६ पटक सगरमाथा चढेका उनका भाई दानुरुले त्यसअघि नै अमेरिकालाई मुकाम बनाईसकेका थिए ।
१९९७ मा भरियाका रुपमा सगरमाथा चढेका दानुरुले १९९८ आरोहीका रुपमा चढे । पहिलो पटक सगरमाथा आरोहण गर्दा उनी १७ वर्षका थिए । त्यसको एक वर्षअघि नै उनले मनास्लु हिमाल चढिसकेका थिए । त्यसपछि उनले हरेक वर्ष जसो सगरमाथा चढे । २००६ को एउटै सिजनमा दुई पटक चढे ।
उनी २०१३ मा पर्यटन भीसामा अमेरिका आए । अमेरिकाको अलास्कामा उनले २१००० फिट अग्लो माउण्ट डेनाली मात्र चढेन । प्रशिक्षक र गाईडका रुपमा पनि काम गरे । २०१३ मा चढेको । २०१३ मा अमेरिकामा ।
१६ पटक सगरमाथा चढेपछि भने उनी आरोहणका यात्रालाई बीट मारेर अमेरिकामा बस्न थाले । ग्रिन कार्ड । र, यही शेर्पा रेष्टुरेण्टमा काम गर्न थाले ।
नेपालमै भएको भए अहिलेसम्म ३२ पटक भन्दा बढि हिमाल चढिसकेको हुन्थे । हिमाल चढेर मात्र परिवारको खर्च जुटाउन गाह्रो भयो, दानुरुले विदेशिनुको कारण सुनाउदै भने, हिमाल चढेर मेरा लागि त राम्रो भयो । नाम कमाए । तर बच्चा र परिवारका लागि राम्रो भएन । सन्तानका लागि विदेशिन बाध्य भए ।
उनी अमेरिकामा बस्न थालेको ८ वर्ष भयो । उनका २२ र २३ वर्षकी दुई छोरी र ९ वर्षका एक छोरा छन् । परिवार र बालबच्चाका लागि खर्च जुटाउन अमेरिका भासिएपनि उनीभित्र सगरमाथा आरोहण गर्ने धोको अझै जीवित छ । भन्छन्, उमेरले ४६ पुगे । ६० वर्षसम्म सगरमाथा चढ्ने सोच छ ।
नेपालमा सगरमाथा आरोहण गर्नेहरुलाई राज्यले नहेरेको दानुरुको गुनासो छ । उनी भन्छन्, न अवसर छ । न बीमा । न सुबिधा छ । न सुरक्षा ।
अमेरिकामा सगरमाथा आरोही भनेपछि सम्मान गर्छन्, पानरु भन्छन्, यहाँ श्रमको सम्मान र उचित पारिश्रमिक त मिल्छ नै । बीमा, स्वास्थ्योपचार, सुरक्षासंगै सबै सुबिधा पनि छ ।
सगरमाथा आरोहण गरेर मात्र जीविका नचल्ने भयो, बालबच्चा र परिवार पाल्न मुस्किल भयो, कोलोराडोको गोल्डेनमा भेटिएका पानरुले भने, अचेल यतै खुशी छु । काम पनि गर्छु । विदामा स्की जान्छु । रक क्लाईम्बिङ जान्छु ।
कोलारोडामा दानुरुको फोर्चे गाउँका २८ जना छन् । जसमध्ये छ जना सथरमाथा आरोही छन् ।
दानुरु अमेरिकामा मान, सम्मान र पैसा राम्रो भएको बताउछन् । प्रति महिना छ देखि ८ हजार डलर कमाई हुने उनी सुनाउछन् ।
शेर्पा हाउसका सञ्चालक लाक्पा शेर्पाका अनुसार कोलोराडोमा सय भन्दा बढि शेर्पा विभिन्न पेशा र व्यवसायमा संलग्न छन् । तीमध्ये २५ प्रतिशत आरोही हुन् । यो संख्या हरेक वर्ष थपिदै छ ।
१७ पटक सगरमाथा आरोहण गरेका टासी शेर्पा कोलोराडोमा व्यवसायसंगै उबर चलाउछन् । उनी हिमाली ब्राण्डमा उनको शेयर छ । उनको टे«किङ कम्पनी पनि छ । उनी बेलाबेलामा हाईकिङ एवं टे«किङमा विदेशीलाई लिएर गईरहन्छन् । आरोहीलाई प्रशिक्षण पनि दिन्छन् ।
१० पटक सगरमाथा आरोहण गरेका जाङवु शेर्पा शेर्पा रेष्टुरेण्ट बोल्डरमा सेफका रुपमा कार्यरत छन् ।
कोलोराडामा भेटिएका अधिकांश शेर्पाको पृष्ठभूमि हिमाली आरोहीको छ । उनीहरु मध्ये अधिकांश आरोहीको पथप्रदर्शक, भरीयाका रुपमा समेत काम गरेकाहरु छन् ।
२४ पटक सगरमाथा आरोहण गरेकाहरु पनि रेष्टुरेण्टमा सेफ र वेटरका रुपमा कार्यरत । कतिपयले आफ्नै व्यवसाय समेत सञ्चालन गरिरहेका छन् । कतिपय उबर चलाउछन् ।
सगरमाथा आरोहीको भरिया र पथप्रदर्शकको काम गर्दा गर्दै झण्डै तीन दशकअघि सोलुखुम्बुबाट कोलोराडो आएका पेम्बा शेर्पाले आफ्नै एम्पायर खडा गरेका छन् । टे«किङ कम्पनी, रियल स्टेट, रेष्टुरेण्टमा सयौ मिलियन लगानी गरेका शेर्पाले १० वर्षअघि शुरु गरेको शेर्पा चायको नेटवर्थ समेत ५० मिलियन पुगेको छ ।
त्यस्तै दुई दशकअघि कोलोराडो आएका लाक्पा शेर्पाले ल्याण्डस्केपिङ कम्पनी र रेष्टुरेण्टबाट मनग्गे कमाएका छन् । भरीया र पथप्रदर्शकका रुपमा नेपालमा काम गर्ने लाक्पाले अमेरिकामा शुरुवाती दिनमा रेष्टुरेण्टमा भाडा माझे । कठिन संघर्ष र मिहिनेतले उनले कोलोराडोमा रेष्टुरेण्ट व्यवसायमा फड्को मारेका छन् । गोल्डनस्थित उनको रेष्टुरेण्ट नेपालीहरुले सञ्चालन गरेकामध्ये कोलोराडोकै सबैभन्दा ठूलो रेष्टुरेण्टका रुपमा चिनिन्छ ।
अमेरिकामा सुखद भविश्यको आस गर्दै नेपाल छोड्ने सगरमाथा आरोही थुप्रै छन् । सगरमाथा र अन्य थुप्रै हिमाल आरोहण गरेकी पासाङ ल्हामु शेर्पा र एक पटक सगरमाथा आरोहण गरेकी निमा डोमा शेर्पा पनि कोलोराडोमा भेटिईन् ।
सगरमाथा आरोहण गर्ने पहिलो एकल महिला निमा डोमाले आरोहणका क्रममा मृत्यु भएका शेर्पाका परिवारको बिचल्ली हुदा पनि राज्यले नहेरेकोले आरोहीहरु पलायन हुने क्रम तिब्र भएको बताईन् । एउटा सिपाही मर्दा राज्यले शहीद घोषणा गर्छ । क्षतिपूर्ति दिन्छ । परिवारलाई पेन्शन दिन्छ, उनी भन्छन्, तर आरोहीको मृत्युमा राज्यले वास्ता गर्दैन् । न क्षतिपूर्ति । न राहत । न त पेन्शन ।
२४ पटक सगरमाथा चढेपनि शेर्पाहरुको चिन्ता परिवार कसरी पाल्ने भन्ने छ,पानरु भन्छन्, यही कारण शेर्पाहरु पलायन हुन बाध्य छन् ।
तपाईको प्रतिक्रिया