साताभर ५२.१० अंकले घट्यो नेप्से

काठमाडौं- बजेट भाषण पछि बजार खुलेको यस साता नेप्से परिसूचक ५२.१० अंकले घटेर २६४०.९६ विन्दुमा आईपुगेको छ। गत साता २६९३.०६ विन्दुमा बन्द भएको नेप्से यो साता ५२.१० अंकले घटेर २६४०.९६ को विन्दुमा पुगेको हो ।
यस साता चार कारोबार दिन बजार खुल्यो । साताको पहिलो कारोबार दिन आइतबार सार्वजनिक विदाका कारण बन्द भएको बजार सोमबारबाट खुलेको थियो । जसमध्ये एक कारोबार दिन बजार बढ्दा तीन कारोबार दिन बजारमा गिरावट आएको थियो । बजेट भाषणपछि खुलेको दास्रो कारोबार दिन सामान्य अंकले बढेको त्यसपछि भने लगातार घटेर बन्द भएको हो ।
यस साता औसतमा दैनिक ७ अर्ब २५ करोड ५० लाख बराबरको कारोबार भएको थियो । सोमबार ९ अर्ब २२ करोडको कारोबार भएकोमा मंगलबार ६ अर्ब ६७ करोडको भयो । बुधबार ५ अर्ब १६ करोडमा झरेको कारोबार बिहीबार भने ७ अर्ब ९७ करोडको भयो ।
साताको दोस्रो कारोबार दिन नेप्से २.७७ अंकले बढेर २६९५.८४ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको २ करोड २० लाख ३१ हजार ८ सय ६१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से ३५.७३ अंकले घटेर २६५८.९३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको १ करोड ५४ लाख कित्ता सयर किनबेच हुँदा ६ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको चौथो कारोबार दिन नेप्से ११.९७ अंकले घटेर २६४६.९५ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१३ कम्पनीको १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको अन्तिक कारोबार दिन नेप्से ५.९९ अंकले घटेर २६४०.९६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड ७१ लाख ८ हजार ८०९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको थियो ।
यो साता बैंकिङ सेक्टरमा सबैभन्दा धेरै गिरावट आएको छ ।
तपाईको प्रतिक्रिया