फोहर जलाउने क्रममा जलेर एक महिला घाइते

शनिबार जेठ २५, २०८२/ Saturday 06-07-25
Paschim Today

कैलाली । कैलालीको गेदावरी नगरपालिका–३ मालाखेतीमा फोहर जलाउने क्रममा आगलागी भई एक महिला घाइते भएकी छन्। ६३ वर्षीया चन्द्रादेवी भट्ट आगोले जलेर घाइते भएकी हुन्।

इलाका प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो फोहर जलाउने क्रममा आगोको झिल्का उनको शरीरमा परेपछि उनी घाइते भएकी हुन्। घाइते भट्टलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको प्रहरीले जनाएको छ।