भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ६५ जनाको मृत्यु

सोमबार जेठ २७, २०८२/ Monday 06-09-25
Paschim Today

काठमाडौँ- भारतमा कोभिड-१९ (कोरोना भाइरस) संक्रमितको संख्या ६ हजार ४९१ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै कोभिड-१९ का ३५८ नयाँ संक्रमित फेला परेको भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको वेबसाइटमा उल्लेख छ। जनवरी १ यता देशभर कोभिड-१९ का कारण ६५ जनाको मृत्यु भइसकेको छ।

कोभिड–१९ का कारण सबैभन्दा धेरै १८ जनाको मृत्यु महाराष्ट्रमा र १५ जनाको मृत्यु केरलमा भएको छ। राजधानी दिल्लीमा सातजनाको मृत्यु भएको छ। यद्यपि पछिल्लो २४ घण्टामा भने कोभिडका कारण कसैको मृत्यु भएको छैन।