आज पनि घट्यो सुनको मूल्य

मंगलबार जेठ २८, २०८२/ Tuesday 06-10-25
Paschim Today

काठमाडौं– आज सुनको मूल्यमा गिरावट देखिएको छ । साताको तेस्रो दिन आज सुनको मूल्यमा गिरावट देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

उता, आज चाँदी तोलामा १५ रुपैयाँले बढेर २ हजार एक सय ५६ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।