एएफसी एसियन कप: लाओसविरुद्ध खेल्दै नेपाल

मंगलबार जेठ २८, २०८२/ Tuesday 06-10-25
Paschim Today

काठ्माण्डौँ- नेपाली फुटबल टोलीले एएफसी एसियन कप छनोटको दोस्रो खेलमा आज (मंगलबार) लाओससँग खेल्दैछ। मलेसियासँग २-० को हार बेहोरेको नेपाल लाओसविरुद्ध जित निकाल्दै कमब्याक गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।

खेल न्यु लाओस नेशनल स्टेडियममा आज बेलुका पौने छ बजे सुरु हुँदैछ। नेपालले तयारीका लागि हङकङसँग गोलरहित बराबरी खेलेको थियो। यसअघि लाओसविरुद्ध ६ खेलमा अपराजित रहेको नेपाल फिफा वरीयतामा पनि १७५औं स्थानमा रहँदा लाओस १९०औं स्थानमा छ।

लाओसले भियतनामसँग ५-० को हार बेहोरे पनि बलिया टोलीसँग बराबरी खेलेको इतिहास छ। समूहमा भियतनाम र मलेसिया बलिया प्रतिद्वन्द्वी छन्। शीर्ष टोलीले २०२७ को एसियन कपमा स्थान बनाउनेछ।