सोमपाल र गुल्शन घाइते, नेदरल्यान्ड्ससँगको खेल गुमाउने

मंगलबार जेठ २८, २०८२/ Tuesday 06-10-25
Paschim Today

काठमाडौं : स्कटल्यान्डमा जारी आइसीसी क्रिकेट विश्वकप लिग २ को चौथो शृंखलाअन्तर्गतको अन्तिम खेलअघि सोमपाल कामी र गुल्सन झा घाइते भएका छन्। 

सोमपालको दाँया हात र गुल्शनको घुँडामा चोट लागेका कारण यी दुई खेलाडीले नेदरल्यान्ड्ससँगको खेल र त्यसपछिको त्रिकोणात्मक सिरिज खेल्न नसक्ने भएका छन्। 

 

 

नेपालले जारी शृंखलामा पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेट र नेदरल्यान्डमाथि ५ विकेटको जित दर्ता गरेको हो। तेस्रो खेलमा भने नेपालले स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो।