नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
मंगलबार जेठ २८, २०८२/ Tuesday 06-10-25
Paschim Today

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले टस हारेको छ ।
डुनेडीमा केहीबेरमा सुरु हुने खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै छ । नेदरल्याण्ड्सका कप्तान स्कट एड्वार्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
नेपालले यस खेलमा तीन परिवर्तन गरेको छ । दुई परिवर्तन भने गर्नैपर्ने अवस्थामा गरिएको हो । चोटका कारण बाँकी खेल गुमाएका सोमपाल कामी र गुल्शन झाको स्थानमा नन्जन यादव र बसिर अहमद टिममा आएका छन् ।
ओपनिङ ब्याटर आसिफ शेखको स्थानमा अनिल शाह आएका छन् । नन्दनले नेपालका लागि डेब्यू गर्ने भएका छन् । यसअघि एकपटक टिममा परेपनि मौका पाएका थिएनन् ।
नेपालले नेदरल्याण्ड्ससँग यसअघि भएको खेलमा जित निकालेको थियो ।
नेपालको सुरुवाती ११ : कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी
तपाईको प्रतिक्रिया