एनसेलको ‘सधैं अन करोडपति’ योजना सार्वजनिक, १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार
हरेक हप्ता १० लाख रुपैयाँ नगद, सहभागी सबैलाई बोनस सुविधा

काठमाडौं : एनसेल आजियाटाले आफ्ना ग्राहकहरूका लागि ‘सधैं अन करोडपति’ नामक नयाँ योजना ल्याएको छ, जसअन्तर्गत सहभागीहरूले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने अवसर पाउनेछन्। योजना यही असार १ गते (आइतबार) देखि सुरु भई आगामी १२ हप्तासम्म सञ्चालनमा रहनेछ।
यो योजनाअन्तर्गत प्रत्येक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, योजनामा सहभागी सबै ग्राहकहरूलाई एनसेलका डेटा, भ्वाइस, एसएमएस वा डिजिटल सेवाहरूको बोनस उपहार स्वरूप प्रदान गरिनेछ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले भने, “हामी ‘सधैं अन’ पहलअन्तर्गत यस्तो ठूलो योजना ल्याउन पाउँदा उत्साहित छौं। १ करोड रुपैयाँको बम्पर नगद पुरस्कारदेखि सबै सहभागीलाई केही न केही बोनसको सुनिश्चितताले गर्दा यो योजना विशेष बनेको छ।”
कसरी सहभागी हुने?
ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै पनि एनसेल सेवा—जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस, रोमिङ वा कम्बो प्याक—खरिद गरी योजनामा सहभागी हुन सक्नेछन्। प्रत्येक ९९ रुपैयाँ बराबरको खरिदमा १ वटा टिकट प्राप्त हुनेछ। ४९९ रुपैयाँ बराबरको खरिदमा ५ वटा टिकट प्राप्त हुनेछन्।
रिन्यूअल वा रोमिङ सेवा खरिद गर्दा भने दोब्बर टिकट प्राप्त हुनेछ, जसले जित्ने सम्भावना पनि बढाउँछ।
टिकट कसरी हेर्ने?
ग्राहकहरूले ८१२३३ डायल गरेर, एनसेल एप प्रयोग गरेर, वा ८९९९९३ मा कल गरेर आफ्नो टिकट विवरण हेर्न सक्नेछन्। त्यस्तै, ‘१’ टाइप गरी ९९९९ मा एसएमएस पठाएर चालु हप्ताको टिकट तथा ‘२’ टाइप गरी सम्पूर्ण योजनाअवधिको टिकट जानकारी प्राप्त गर्न सकिने व्यवस्था छ।
विजेता घोषणा र पुरस्कार
हरेक आइतबार साँझ ६:३० देखि ७:०० बजेसम्म एनसेल यूट्युब च्यानल, एनसेल एप र कान्तिपुर टेलिभिजनमार्फत साप्ताहिक विजेताहरूको घोषणा गरिनेछ। नगद पुरस्कार प्राप्त गर्न योग्य विजेताहरूलाई एनसेलले सिधै सम्पर्क गर्नेछ।
यो योजना एनसेलका सबै प्रिपेड, पोस्टपेड तथा वायर–फ्री ग्राहकहरूका लागि खुला छ, तर सहभागी हुन ग्राहकको नाममा बैंक खाता र प्यान नम्बर अनिवार्य छ।
थप जानकारीका लागि
ग्राहकहरूले एनसेलको ९९९९ नम्बर डायल गर्न सक्नेछन् वा नजिकको एनसेल सेन्टर वा आधिकारिक खुद्रा विक्रेताबाट सम्पर्क गर्न सक्नेछन्। साथै, एनसेलको वेबसाइट वा एपमार्फत पनि योजना बारे विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ।
तपाईको प्रतिक्रिया