पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन
सोमबार असार २, २०८२/ Monday 06-16-25
Paschim Today

काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ पुर्जी जारी भएपछि त्यसविरुद्ध पत्रकार दिलभूषण पाठकले निषेधाज्ञा निवेदन दिएका छन् ।
पत्रकार पाठकले उच्च अदालत पाटनमा दिएको निषेधाज्ञा निवेदनको सुनुवाइका लागि पेसीसमेत तोकिएको छ ।
अदालतका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासमा पाठकको पेसी तोकिएको छ । उनको पेसी ‘ढ’ नम्बरमा रहेकाले आजै पालो आउने/नआउने यकिन भएको छैन ।
हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाको छोरा जयवीरलाई जोडिएको भन्दै उनले प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी दिएका थिए । त्यसपछि जिल्ला अदालत काठमाडौंले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता पाठक सम्पर्कविहीन छन् ।
अहिले उनले उनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो समेतलाई विपक्षी बनाएर निषेधाज्ञाको निवेदन दायर गरेका हुन् ।
तपाईको प्रतिक्रिया