दार्चुलामा ढुङ्गा लागेर गम्भिर घाईते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

मंगलबार असार ३, २०८२/ Tuesday 06-17-25
Paschim Today

दार्चुला । दार्चुलामा ढुङ्गा लागेर गम्भिर घाईते प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ ।

मंगलवार (आज) विहान निसिलको थागिल भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेपछि प्रहरी जवान दिपेन्द्र पाल गम्भिर घाइते भएका थिए । स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्याएको भएपनी उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिए ।

पाल केहि दिन अगाडी मात्रै बिदामा घर आएका थिए । प्रहरी जवान पालको काठमाडौँमा दरवन्दी भई बैतडीमा कार्यरत रहेको बताइएको छ ।