नेपालको लगातार दोस्रो जित
बुधबार असार ४, २०८२/ Wednesday 06-18-25
Paschim Today

काठमाडौँ : नेपालले बिलि जिन किङ कप टेनिसमा लगातार दोस्रो जित हात पारेको छ ।
समूह ‘बी’को बुधबार भएको खेलमा नेपालले कतारलाई ३–० ले हरायो । पहिलो खेलमा नेपालले म्यान्मारलाई २–१ ले हराएको थियो ।
श्रीलङ्काको कोलम्बोमा जारी प्रतियोगिताको पहिलो सिंगल्समा नेपालकी शिभाली गुरुङले दाना खलिफालाई ६–० र ६–२ को सोझो सेटमा पराजित गरिन् । दोस्रो सिंगल्समा नेपालकी अभिलाषा विष्टले मुबारका अल नाइमीलाई ७–६ र ६–४ ले हराइन ।
यस्तै डबल्समा नेपालका सुनिरा थापा र स्वस्तिका विष्टको जोडीले हिन्द अल मुदाहका र मुबारकाको जोडीलाई ४–६, ७–५ र ११–९ ले पाखा लगाइन ।
समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार श्रीलङ्कासँग खेल्ने नेपाली टोलीका अफिसियल अजय विष्टले जानकारी दिए ।
तपाईको प्रतिक्रिया