गोदावरी नगरपालिकाले ल्यायो १ अर्व १८ करोड बजेट

धनगढी । कैलालिको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्व १८ करोड बराबरको बजेट ल्याएको छ। नगरपालिकाको १५औ नगर अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्व १८ करोड ५४ लाख ५६ हजार बराबरको अनुमानित बजेट ल्याएको हो ।
शुक्रवार आयोजित नगर अधिवेशनमा नगर प्रमुख बिरेन्द्र भट्टले नगरको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । जसमा संघिय सरकार बाट आउने बित्तीय समानिकरण तर्फको बजेट १९ करोड ८० लाख, राजस्व बाडफाडबाट १८ करोड ५९ लाख, समपुरक अनुदानतर्फ १ करोड ९३ लाख, विशेष अनुदान तर्फ ४ करोड ९ लाख, ससर्त अनुदान तर्फ ४१ करोड ७२ लाख रहेको उनले बताए ।
यस्तै प्रदेश सरकार बाट आउने बित्तीय समानिकरण तर्फको बजेट १ करोड ८७ लाख, राजस्व बाडफाडबाट ५९ लाख १ हजार, समपुरक अनुदानतर्फ ३० लाख, विशेष अनुदानतर्फ ६० लाख, सशर्त अनुदानतर्फ ३ करोड ५२ लाख, राजस्व बाडफाडतर्फकै घरजग्गा रजिस्ट्रेशनबाट ६ करोड ८५ लाख रहेको नगरप्रमुख भट्टले बताए ।
त्यसबाहेक नगरको आन्तरिक श्रोतबाट १५ करोड ९ लाख ५५ हजार, बिग्यापन करबाट ३ लाख, बन रोयल्टिबाट ६ लाख र बैंक मौज्दातमा ३ करोड ५० लाख रहने अनुमान गरिएको बताइएको छ ।
यसैबिच नगरप्रमुख भट्टले नगरको अनुमानित खर्च बिवरण पनि प्रस्तुत गरेका थिए । जसमा नगरका विभिन्न शाखाहरुका लागि आवश्यक पर्ने अनुमानित बजेट छुट्याइएको छ । नगरको अनुमानित बजेटको ६९ प्रतिशत चालू तर्फ र ३१ प्रतिशत पुँजिगत तफ्र बिनियोजन गरिएको छ ।
नगरप्रमुख भट्टले नगरकार्यपालिका अन्तरगत ३३ करोड ९६ लाख १९ हजार, सबै वडा कार्यालयहरुलाइ १२ करोड, शिक्षा युवा तथा खेलकुद शाखालाइ ९ करोड २ लाख ६७ हजार, स्वास्थ्य शाखालाइ ८७ लाख ५० हजार, कृषिविकाश शाखालाइ २६ लाख ५० हजार र पशु सेवा शाखालाइ ६३ लाख छुट्याइएको बताए ।
यस्तै महिला विकास शाखा लाई २८ लाख ५० हजार, सहकारी शाखालाइ ४ लाख, सामाजिक तथा आर्थिक विकास शाखालाइ १७ लाख र न्यायिक समितिलाइ ८ लाख २० हजार छुट्याइएको उनले बताए । त्यसका साथै मालाखेती अस्पताल लाई १ करोड २० लाख, भुमी ब्यवस्था इकाइलाइ ६० लाख, संघिय सशर्त अनुदानमा ४१ करोड ७२ लाख, विशेष अनुदानमा ४ करोड ९ लाख, समपुरक अनुदानमा १ करोड ९३ लाख तथा प्रदेश समपुरक योजनातर्फ ३० लाख, विशेष अनुदानमा ६० लाख, सशर्त अनुदानमा ३ करोड ५२ लाख, क्रमागत योजनामा ३ करोड र म्याचिङ फण्डमा ४ करोड रुपैया ब्यय हुने अनुमान गरिएको नगरप्रमुख भट्टले बताए ।
तपाईको प्रतिक्रिया