विश्वकप लिग २ खेलेर नेपाली टोली फर्कियो स्वदेश

आइतबार असार ८, २०८२/ Sunday 06-22-25
Paschim Today

काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग २ खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। आइतबार अपराह्न स्वदेश फर्किएको टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरेका थिए। 

 

विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डको एकदिवसीय सिरिजका ४ मध्ये ३ खेलमा नेपाल विजयी भएको थियो। त्यस्तै लिग २ अन्तर्गतको सिरिज पश्चात भएको टी–२०  आई सिरिजमा नेपाल दोस्रो भएको थियो। 

 

स्वदेश फर्किएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले स्कटल्यान्ड भ्रमण निकै राम्रो भएको प्रतिक्रिया दिए। नेदरल्यान्ड्स र स्कटल्यान्डसँगको खेलपछि आत्मविश्वास बढेको भन्दै उनले आगामी खेलमा त्यसको सकारात्मक नजिता देखिने उल्लेख गरे।  

विश्वकप छनोटको तयारीमा रहेको नेपालले सेप्टेम्बर २७, २८ र ३० तारिखमा वेस्ट इण्डिजसँग टी–२० सिरिज खेल्ने तालिका छ भने नेपालले अक्टोबरको पहिलो साता ओमानमा टी–२० विश्वकपको एसिया छनोट खेल्ने छ।