नेप्सेमा ४.७८ अंकले बढ्यो

सोमबार असार ९, २०८२/ Monday 06-23-25
Paschim Today

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ४.७८ अंकले बढेको छ। अघिल्लो दिनको तुलनामा ०.१८ विन्दुले सकारात्मक बनेपछि समग्र नेप्से २ हजार ६ सय अंकमा उक्लेर बन्द भएको छ । आइतबार नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने घटेको छ ।  

सो दिन कारोबारमा आएकामध्ये १२३ कम्पनीको सेयर मूल्य बढ्यो, १२४ वटाको घट्यो भने बाँकी एउटा कम्पनीको स्थिर रहयो ।

सोमबार ७० हजार ८ सय ३१ पटकको सेयर कारोबारमा १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ४७ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । आइतबार ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन, सामुहिक लगानी कोष, निर्जीवन बीमा र अन्यको परिसूचक घटे । बाँकी सात उपसमूहको परिसूचक बढेको नेप्सेले जनाएको छ।