धनगढीमा बाहिरबाट ताल्चा लगाएको कोठाभित्र पुनर्वासकी युवती मृ*त फेला
सोमबार असार ९, २०८२/ Monday 06-23-25
Paschim Today

धनगढी- धनगढीमा पुनर्वासको एक युवती मृ*त अवस्थामा भेटिएकी छन् ।
पुनर्वास नगरपालिका-११ अमरबस्ती घर भई धनगढी-२ बैयाबेहडीमा बस्दै आएकी ३० वर्षीया रेणु चाैधरी सोमबार बिहान मृ*त भेटिएको जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले काेठा भाडामा बस्दै आएकी युवती मृ*त भेटिएको बताउनुभयो । तर काेठाकाे ढाेकामा बाहिरबाट ताल्चा लगाएकाे अवस्थामा उनी मृ*त भेटिएको बताउँदै घटना शंकास्पद भएको उनले बताए।
यतिबेला घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
तपाईको प्रतिक्रिया