सलमान खानको मस्तिष्कमा गम्भीर समस्या

काठमाडौं । बलिउड अभिनेता सलमान खानको मस्तिष्कमा एन्युरिज्म र एभी मालपर्फर्मेन्सको समस्या रहेको खुलेको छ । एन्युरिज्म भनेको एक अवस्था हो, जसमा मस्तिष्कको नसा सुन्निन्छ र यदि यो फुट्यो भने घातक स्ट्रोक हुनसक्छ ।
हास्यकलाकार कपिल शर्माको कार्यक्रममा सलमान आफैँले यो कुरा बताएका हुन् । सलमानले भने, “म अझै पनि गम्भीर स्वास्थ्य अवस्थासँग जुधिरहेको छु । हामी हरेक दिन हड्डी भाँचिरहेका छौं । करङ भाँचिएको छ । यी सबैका बाबजुद पनि म काम गरिरहेको छु ।”
एनडीटीभीको रिपोर्टअनुसार सलमानले पहिलो पटक सन् २०१७ मा दुबईमा फिल्म ‘ट्यूबलाइट’ को प्रमोशनको क्रममा आफ्नो रोग ट्राइजेमिनल न्यूराल्जियाको बारेमा कुरा गरेका थिए । यो एक स्नायु समस्या हो, जसमा अनुहारको स्नायुमा गम्भीर पीडा हुन्छ । यसका कारण बोल्ने, खाने र ब्रस गर्ने जस्ता सामान्य गतिविधिहरू पनि पीडादायी हुन्छन् ।
तपाईको प्रतिक्रिया