धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
बुधबार असार ११, २०८२/ Wednesday 06-25-25
Paschim Today

कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका १ सेतोपुल स्थित सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७९५६ नम्बरको मोटरसाइकल गएराति ११ बजे दुर्घटना हुँदा चालक जोशीपुर गाउँपालिका४ बस्ने २६ वर्षीय रुद्र चौधरीको मृत्यु भएको हो।
मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा गम्भिर घाईते भएका चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा ११ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)राजकुमार सिंहले जानकारी दिए।
तपाईको प्रतिक्रिया