पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा रूचि राख्नु धर्म हो : ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा रूचि राख्नु धर्म भएको बताएका छन् । मदन भण्डारी फाउण्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा उनले भण्डारी राजनीतिक मानिस भएकाले रूचि राख्नु धर्म भएको बताएका हुन् ।
‘पूर्वराष्ट्रिपति पनि एउटा पोलिटिकल मान्छे हो । पोलिटिक्समा रुचि राख्नु उहाँको धर्म हो,’ पोखरेलले भने, ‘उहाँ जुन ठाउँमा जन्मिनुभयो, हुर्किनुभयो । जसले ग्रोन अप गर्यो त्यस प्रति कसरी विस्मृतिमा जान सकिन्छ रु त्यस कारणले न्यारो ढंगले सोच्नु हुँदैन ।’
उनले पूर्वराष्ट्रपतिले पार्टीमा लिन खोजेको जिम्मेबारी सल्लाहमा तय हुने पनि बताए । ‘जहाँसम्म के जिम्मेवारी लिने त्यो सल्लाहले समझदारीले । जे सल्लाह हुन्छ जे समझदारी हुन्छ त्यही हुन्छ,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘अनि किन अनेक खालका कुरा ट्याक–ट्याक गरेको रु बेकारका कुरा ।’
तपाईको प्रतिक्रिया