सुनको मूल्य आज पनि घट्यो

आइतबार असार १५, २०८२/ Sunday 06-29-25
Paschim Today

काठमाडौं । सुनको मूल्य आज पनि घटेको छ। आज चाँदी पनि सस्तिएको छ। 

गएको शुक्रबार तोलामा दुई हजार नौसय रुपैयाँ घटेको सुनको मूल्य आज थप एक हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुनको मूल्य आज तोलाको एक लाख ८८ हजार चारसय रुपैयाँमा झरेको छ। 

गएको शुक्रबार सुनको मूल्य तोलाको एक लाख ८९ हजार चार सय रुपैयाँ थियो। 

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्य तोलामा नौ हजार पाँचसय रुपैयाँ गिरावट आएको छ। 

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य तोलाको दुई हजार एकसय ४० रुपैयाँ निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।