छक्का प्रहार लगत्तै ब्याट्सम्यानको हृदयघात भएर मृत्यु

आइतबार असार १५, २०८२/ Sunday 06-29-25
Paschim Today

काठमाडौं । भारतको पञ्जाबस्थित फिरोजपुरमा क्रिकेट खेल्ने क्रममा एक ब्याट्सम्यानको हृदयघात भएर मृत्यु भएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक युवक ब्याटिङ गरिरहेको र छक्का पनि प्रहार गरेको देख्न सकिन्छ । तर, छक्का प्रहार लगत्तै ती युवक भुइँमा थचक्क बसेका थिए ।

सँगै रहेका साथीहरू उनको अवस्था बुझ्नलाई नजिकै पुग्दा उनी भुइँमा पल्टिन्छन् ।

त्यसपछि मैदानमा उपस्थित अन्य साथी खेलाडीहरूले उनलाई कार्डियोपल्मोनरी रिससिटेशन (सीपीआर) दिन्छन् । तर, उनको मृत्यु हुन्छ ।

भारतीय सञ्चारमाध्यमकाअनुसार फिरोजपुरको डीएभी स्कूल मैदानमा क्रिकेट खेल खेलिरहेको बेलामा हरजीत सिंहको मृत्यु भएको हो ।