गभर्नर नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सकियो
मंगलबार असार १७, २०८२/ Tuesday 07-01-25
Paschim Today

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र हरिप्रसाद फुयालको संयुक्त इजलासमा अन्तरिम आदेशका लागि सुनुवाइ भएको हो ।
यसअघि गत जेठ १४ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।
त्यसपछि चार पटक पेसी तोकिएकोमा दुई पटक हेर्न नभ्याइने, एक पटक हेर्न नमिल्ने र गत असार १० गते मिसिल साथै राखेर इजलासमा पेस गर्न आदेश भएको थियो ।
अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले गएको जेठ १३ गते पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका थिए । रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको दाबी गरिएको थियो ।
पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथसमेत गराउने निर्णय गैर कानुनी भएको जिकिर गर्दै नियुक्ति बदरको माग गरिएको छ ।
तपाईको प्रतिक्रिया