शिक्षकहरू पुनः आन्दोलनमा फर्किने वातावरण नबनाइयोस् : माओवादी

बुधबार असार १८, २०८२/ Wednesday 07-02-25
Paschim Today

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गरेर शिक्षकहरू पुनः आन्दोलनमा फर्किने वातावरण नबनाउन सरकारसँग आग्रह गरेको छ । 

माओवादी केन्द्रले पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरेर सरकारलाई नेपाल शिक्षक संघसँग भएको सहमति अनुसार विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गर्न आग्रह गरेको हो । 

‘नेपाल शिक्षक महासंघसँग भएको सहमति कार्यान्वयन गर्नुपर्नेमा सरकारका सरोकारवाला पक्षहरूहरू बीचको अन्तरविरोध बाहिर देखिनु सरकार सहमतिप्रति गम्भीर नभएको पुष्टि हुन्छ,’ प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘शिक्षा विधेयक यथाशीघ्र पारित गरी शिक्षकहरूलाई पुनः आन्दोलनमा फर्कने वातावरण नबनाउन आग्रह गर्दछौँ ।’

सरकारले नेपाल शिक्षक महासंघसँग असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति गरेको थियो । सहमतिअनुसार विधेयक पारित नहुनुलाई प्रतिपक्षी माओवादी केन्द्रले दुःखद भनेको छ ।