ओली सरकार लामो टिक्दैन: माओवादी
बुधबार असार १८, २०८२/ Wednesday 07-02-25
Paschim Today

काठमाडौं- नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले केपी ओली नेतृत्वको वर्तमान सरकार लामो समय नटिक्ने बताएका छन्।
उनले माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बुधबार बोल्दै ओली सरकार सबै कोणबाट असफल भइसकेको र धेरै समय नटिक्ने बताएका हुन्।
उनले पत्रकारहरूमाझ भने- ‘हामी त यही सरकार नै चलिरहोस् भन्नेमा छौँ। सरकार ढाल्न हामी लागेका छैनौँ, जनताप्रति नै छौँ। तर सानेपामा पनि गरमागरम बहस चलिरहेको छ। त्यहाँ पनि उकुसमुकुस चलिरहेको छ। सत्तापक्षका सांसदहरूको अभिव्यक्ति तपाईँहरूले नै देखिराख्नुभएको छ। कांग्रेसमा ठुलो अन्तर्विरोध छ, कांग्रेसको नेतृत्वले पनि पार्टीभित्रको आक्रोशलाई थाप्न सक्दैन।’
उनले आफूले मिति नतोके पनि यो सरकार लामो नटिक्ने बताए। उनले एमालेभित्र पनि अन्तर्विरोधको सूचना आफूलाई आइरहेको बताए। ‘एमालेभित्र पनि आन्तरिक लोकतन्त्र समाप्त भइसकेको छ, विस्फोटनको चरणमा छ,’ उनले भने।
तपाईको प्रतिक्रिया