बाजुराका आगलागि पीडितलाई नेपाल–भारत मैत्री संघको राहत सहायता

बुधबार असार १८, २०८२/ Wednesday 07-02-25
Paschim Today

कैलाली,  
बाजुराको बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा जेठ २३ गते भएको आगलागिबाट प्रभावित ४० घरपरिवारलाई नेपाल–भारत मैत्री संघ केन्द्रीय कार्यालयको तर्फबाट राहत सामग्री वितरण गरिएको छ।

सुदूरपश्चिम प्रदेश मैत्री संघको समन्वयमा पीडित परिवारलाई खाद्यान्न र अत्यावश्यक सामग्री प्रदान गरिएको हो। संघका केन्द्रीय उपाध्यक्ष हरिशंकर ठाकुरका अनुसार राहत वितरण वडाध्यक्ष भवनसिंह केसीको उपस्थितिमा सम्पन्न भएको थियो।

प्रत्येक परिवारलाई एक बोरा चामल, २ केजी दाल, १ केजी चिनी, १ दर्जन नुहाउने साबुन, सरफ १ प्याकेट, कम्बल १ थान र त्रिपाल १ थान प्रदान गरिएको उपाध्यक्ष ठाकुरले जानकारी दिए।

बिपत्तिपछि प्रभावित परिवारहरूको दैनिक जीवन सहज बनोस् भन्ने aउद्देश्यसहित राहत सामग्री सहयोग गरिएको हो। नेपाल–भारत मैत्री संघले आगामी दिनमा पनि यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।