नेपाल एसबीआई बैंक र धनगढी नेत्रालयबीच छुट सम्झौता

बुधबार असार १८, २०८२/ Wednesday 07-02-25
Paschim Today

कैलाली । नेपाल एसबीआई बैंक लिमिटेड (एनएसबीएल) र धनगढी नेत्रालय बिच अस्पतालमा उपलब्ध विभिन्न आँखा उपचार विशेष छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार एनएसबीएलको डेबिट  कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूले नेत्रालयमा निम्न सेवाहरूमा छुट पाउनेछन् । जसमा 
ओपीडी र आइपीडी सेवामा १० प्रतिशत छुट, चस्माको गिलास र फ्रेममा १०, फार्मेसी सेवामा ५ र शल्यक्रियामा ५ प्रतिशत छुट हुने छ। 

सम्झौतापत्रमा एनएसबीएलका सुदूरपश्चिम प्रदेश प्रमुख किशोर रिजाल र धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका थिए । एनएसबीएलले आफ्ना कार्डवाहक ग्राहकहरूलाई यो सुविधा उपयोग गर्न आवश्यक जानकारी प्रवाह गर्ने, प्रचारप्रसारमा सहयोग गर्ने र आवश्यक प्रमाण प्रस्तुत गरेपछि छुट प्राप्त गर्न सकिने जनाएको छ।

बैंकले यस किसिमका सहकार्यमार्फत स्वास्थ्य क्षेत्रमा पनि ग्राहक–हित केन्द्रित सेवा प्रवाह गर्दै आएको बताएको छ।