लागूऔषध मुद्दामा फरार धनगढीकी एक किशोरी पक्राउ

बिहीबार असार १९, २०८२/ Thursday 07-03-25
Paschim Today

धनगढीः लागूऔषध मुद्दामा फरार धनगढीकी एक किशोरी पक्राउ परेका छन्।  

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएपछि फरार रहेकी धनगढी उपमहानगरपालिका–३ बस्ने १८ वर्षीया किशोरी पक्राउ परेकी हुन्। किशोरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।