चालिस लाख ५० हजार जरिवाना तोकिएकी गोदावरीकी एक महिला पक्राउ
शुक्रबार असार २०, २०८२/ Friday 07-04-25
Paschim Today

धनगढीः बैंकिङ कसुर मुद्दामा चालिस लाख ५० हजार जरिवाना तोकिएपछि फरार रहेकी गोदावरीकीएक महिला पक्राउ परेकी छिन्।
जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय ४० लाख ५० हजार जरिवाना तोकिएकी कैलालीको गोदावरी नगरपालिका-३ मालिका टोल बस्ने ३० वर्षकी ममता खड्का कुवरलाई बिहीवार प्रहरीले पक्राउ गरेको हो। कुवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
तपाईको प्रतिक्रिया