नेपालले जितका लागि पायो ११४ रनको लक्ष्य

शनिबार असार २१, २०८२/ Saturday 07-05-25
Paschim Today

काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा नेपालले जितका लागि सामान्य लक्ष्य पाएको छ । सिंगापुरसँगको खेलमा नेपालले ११४ रनको लक्ष्य पाएको छ । 

मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा भइरहेको खेलमा नेपालले पहिला बलिङ गरेको थियो । 

टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुरले ४०.५ ओभरमा ११३ रन जोडेको छ । 

समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा भएको खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।

बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो ।