टाइब्रेकरमा नेपाल पराजित, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं । टाइब्रेकरमा नेपाललाई हराउँदै उज्वेकिस्तान एएफसी एसियन कप फुटबलमा छनोट भएको छ ।
छनोटअन्तर्गत निर्णायक खेलमा नेपाललाई हराउँदै घरेलु टोली उज्वेकिस्तान अर्को वर्ष अष्ट्रेलियामा हुने एसिया कपमा छनोट भएको हो ।
टाइब्रेकरमा नेपालकि कप्तान सावित्रा भण्डारी र गोलकिपर अन्जना रानामगर गोल गर्न सकेनन् ।
उज्बेकिस्तानले खेलको दोस्रो मिनेटमा नै गोल गरेको थियो । ११औं मिनेटमा उज्बेकिस्तानले अग्रता दोब्बर पार्यो ।
२४औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरिन् । तर ३९औं मिनेटमा पेनाल्टीमार्फत शोएमोभले गोल गर्दै उज्बेकिस्तानको अग्रता फेरि बढाइन् ।
एन एर्गासेभाले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि उज्बेकिस्तान दोस्रो हाफमा १० खेलाडीमा सीमित रहेको थियो ।
दोस्रो हाफको ७०औँ र ७१औँ मिनेटमा सावित्राले लगातार गोल गर्दै नेपाललाई खेलमा फर्काउँदा पनि टाइब्रेकरमा चुक्दा नेपाल पराजित भयो ।
तपाईको प्रतिक्रिया