कुलिङ अफ पिरियड विवाद : आज छानबिन समिति गठन हुँदै

सोमबार असार २३, २०८२/ Monday 07-07-25
Paschim Today

काठमाडौं– निजामती विधेयकको ‘कुलिङ पिरियड’ मा छेडखानी गर्ने व्यक्ति पत्ता लगाउन आज छानबिन समिति गठन हुँदै छ । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र प्रतिनिधिसभाबाट समेत पारित विधेयकको ‘कुलिङ पिरियड’ प्रावधान खण्डित हुने अर्को व्यवस्था रहेको खुलेपछि छानबिन गर्न संसद्ले विशेष समिति बनाउन लागेको हो ।

सभामुख देवराज घिमिरेसहित दलका प्रमुख सचेतकहरूको बैठकले जालझेल गरिएको विषयमा छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको थियो । जसअनुसार नेपाली कांग्रेस र आफ्नो पार्टीबाट दुईरदुई तथा नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट एकरएकजना सदस्य रहनेछन् ।

समितिको नेतृत्व कांग्रेसले गर्ने र उक्त समितिमा को को रहने भन्ने व्यक्तिहरूको नाम आज घोषणा हुने एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । आज बिहान ११ बजे प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक डाकिएको छ । उक्त बैठकले छानबिन तथा अध्ययनका निम्ति १५ वा २१ दिनको समय दिँदै समिति गठन गर्नेछ ।