नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

सोमबार असार २३, २०८२/ Monday 07-07-25
Paschim Today

काठमाण्डौ-   नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बंगलादेशसँग आगामी सेप्टेम्बर ६ र ९ मा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार सामाजिक सञ्जालमार्फत यी खेलहरू काठमाडौंको दशरथ रंगशालामा हुने जानकारी दिएको छ।

यी मैत्रीपूर्ण खेलहरू एएफसी एसियन कप २०२७ को तेस्रो चरणको छनोटमा भियतनामविरुद्धको खेलको तयारीका लागि आयोजना गरिएको हो।

नेपाल समूह ‘एफ’ मा मलेसिया, लाओस र भियतनामसँगै छ।

समूह चरणका दुई खेलमा नेपाल मलेसियासँग २–० र लाओससँग २–१ ले पराजित भएको थियो।नेपालले अक्टोबर ९ मा भियतनामको मैदानमा प्रतिस्पर्धा गर्नेछ।