एसइईमा ४ जीपिए ल्याएका अशोक कुमारलाई सिसिएसमा पूर्ण छात्रवृत्ति

सोमबार असार २३, २०८२/ Monday 07-07-25
Paschim Today

धनगढी । एसइई परीक्षामा ४.००जीपिए ल्याएका अशोक कुमार अवस्थीले क्रिसेन्ट सिटि स्कुलमा पुर्ण छात्रवृति पाएका छन ।  कैलालीको बोराडाडीस्थित त्रिभुवन माध्यमिक विद्यालयबाट एसइई दिएका अवस्थीले जेहेन्दार विद्यार्थीका रुपमा छात्रवृति पाएका हुन । अशोकसँगै उनकी बहिनी अस्मिता अवस्थीले ३.६१ जीपिए ल्याएकी थिइन उनी पनि छात्रवृतिमा सिसिएसमै ११ कक्षामा  भर्ना भएकी छन् । 

सामान्य आर्थिक पृष्ठभूमि भएका अशोक कुमारका बुवा केशबराज अवस्थीले छोराछोरीको भर्ना भएपछि खुशी व्यक्त गरेका छन ।  'हामीले कहिल्यै निजी विद्यालयमा पढाउने सोंचेका थिएनौं । सिसिएसले दिएको यो अवसर उज्यालो सपना जस्तै लागिरहेको छ । अब सन्तानको भविष्यको चिन्ता कम भएको अनुभूति भएको छ ।'

छात्रवृत्तिको अवसर पाएका अशोकले आफूले यस्तो अवसर पाउँदा गर्व लागेको बताए । 'सपना त सबैको हुन्छ, तर त्यो पूरा गर्नका लागि सही वातावरण र समर्थन चाहिन्छ । अब म विज्ञान पढ्दैछु र भविष्यमा प्रविधि वा स्वास्थ्य क्षेत्रमार्फत समाजलाई योगदान दिन चाहन्छु ।' विद्यालयका अध्यक्ष हरि रेग्मीले प्रतिभाशाली तर आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई उचित अवसर दिनु सामाजिक उत्तरदायित्व भएको बताए । 

धनगढीको रातोपुलमा अवस्थित सिसिएस पछिल्ला वर्षहरूमा उत्कृष्ट नतिजा, अनुशासित वातावरण, अभ्यासमा आधारित सिकाइ, अनुभवी शिक्षक समूह, र नवीन प्रविधियुक्त प्रयोगशालामार्फत विद्यार्थीहरूको पहिलो रोजाइको विद्यालयका रूपमा पहिचान बनाएको छ । नियमित अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास कार्यक्रम, सेमिनार र विज्ञान मेला जस्ता गतिविधिले यस विद्यालयलाई अन्य शिक्षालयभन्दा फरक बनाएको छ ।