कैलालीमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु, एक बेपत्ता

कैलालीमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु, एक बेपत्ता
कैलाली । कैलालीमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ। भने एकजना पुरुष बेपत्ता भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका-६ स्याउले स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको म १ ह ८५८ नम्बरको अटोले बुधवार साँझ ८ बजे सोही दिशा तर्फ जादै गरेकी पैदल यात्रीलाई ठक्कर दिएको थियो । जसबाट सोही ठाउँ बस्ने ५५ वर्षकी लक्ष्मी ढुङगाना र २२ वर्षकी मिना ढुङगानालाई घाईते भएका थिए ।
दुबै जनालाई उपचारका लागि भल्का मेडिकल कलेज कोहलपुर, बाँके लगिएको थियो । उपचारको क्रममा राति १०ः२० बजे लक्ष्मी ढुङगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मिना ढुङगाको सोही अस्पतालमा उपचार भईरहेको जनाइएको छ। अटो चालक सोही ठाउँ बस्ने २३ वर्षीय हेमन्त जोशीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।
यस्तै कैलालीको कान्द्रा नदीमा पनि महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार दाउरा संकलन गर्न कान्द्रा नदीमा गएका बेला बाढीले बगाएकी घोडाघोडी नगरपालिका–४ माघी बस्ने ७० वर्षीया चुनबुदिया चौधरीको शव भेटिएको हो।
यस्तै गौरीगंगा नगरपालिका–२ को पूरानो चौमाला बजार नजिकैबाट नदी तर्ने क्रममा अन्दाजी ५० वर्षका पुरुष भने बेपत्ता भएका छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया