पहिरोले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग सुचारु

शनिबार असार २८, २०८२/ Saturday 07-12-25
Paschim Today

बैतडी – बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सुचारु भएको छ । बैतडीको  नाचन्थली नजिकै  सडकमाथिबाट पहिरो खस्दा शनिबार बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध हुँदा सवारी साधन बीचबाटोमै रोकिएका थिए । 

सडक डिभिजन कार्यालय पाटनको डोजरले पहिरो पन्छ्याएपछि दिउँसो पौनी ३ बजेदेखी सडक पूर्णरुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।  अवरुद्ध सडक सुचारु भएसँगै रोकिएका सवारी साधनहरु गन्तब्यतिर लागेका प्रहरी निरीक्षक पाण्डेयले बताए ।