अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा नेपाललाई ४ पदक

आइतबार असार २९, २०८२/ Sunday 07-13-25
Paschim Today

 काठमाडौं । नेपाली कराते खेलाडीले अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा २ स्वर्ण र २ कांस्य पदक जितेका छन् ।

दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगितामा अनु मोक्तान र विकास घर्तीले स्वर्ण जितेको निर्णायक महेश महर्जनले जनाएका छन् ।

आशिष धामी र जमानसिंह गुरुङले कांस्य जिते । जमान कोरियामै बस्दै आएका छन् ।

प्रतियोगितामा चित्र श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।